काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले भ्रष्टाचार गरेको प्रमाणित गर्न चूनौति दिनुभएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले केहि नेताहरुले आफुप्रति भ्रष्टचार गरेको टिकाटिप्पणी गरेको भन्दै भ्रष्टचार गरेको प्रमाणित गर्न चूनौति दिनुभएको हो । ओलीले आफ्नो र श्रीमतीको नामको सबै चलअचल सम्पत्ति राज्यको नाममा गरेकाले राज्यका नाममा सम्पत्ति ल्याइदिन किन भ्रष्टाचार गर्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले आफुलाई भ्रष्टचारको आरोप लगाउनेहरुलाई आफ्नो सम्पत्ति राज्यका नाममा दान गर्न चूनौति दिनुभयो ।
उहाँले रिजर्भ बैंकमा पैसा रहेको अफवाह फैलाउने काम भएको भन्दै त्यसको छानबिन गर्न पनि चूनौति दिनुभएको छ ।