फ्रान्सको कान्समा चलिरहेको फिल्म फेस्टिभलमा युक्रेनमा रुसी सैनिकले बलात्कार गरेको भन्दै त्यसको विरोधमा एक युवती अर्धनग्न अवस्थामा रेड कार्पेटमा प्रवेश गरेकी छिन्।
समाचार एजेन्सीहरुका अनुसार उनले फेस्टिभल चलिरहँदा फोटोग्राफरहरु अगाडि टपलेस भएर ‘हामीमाथि बलात्कार रोक’ भन्दै चिच्याएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनले शरीरमा युक्रेनको झण्डा पेन्टिङ गरी ‘स्टप रेपिङ अस’ लेखेकी थिइन्।
कान्स फिल्म फेस्टिभलमा कडा सुरक्षा भए पनि युवती रेड कार्पेटसम्म पुग्न सफल भएकी थिइन् । उनलाई सुरक्षा गार्डहरुले तत्काल हटाएका थिए ।
























