काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने शुक्रबार पनि कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र ३ हजार ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ जना गरी ५१ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ३ हजार ९९६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३ हजार ९२७ जना होम आइसोलेसनमा रहेका छन् भने ६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये २७ जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।




















