काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा २७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६५४ पीसीआर परीक्षणमा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी २७ जना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन भने संक्रमणमुक्त हुनेको संख्या २२० रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३७६ रहेको मन्त्रालयले जनाएको छ ।




















