पेशावर । पाकिस्तानको पेशावर सहरमा रहेको एक शिया मस्जिदमा शुक्रबार बम बिस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
शुक्रबार नमाजको समयमा उक्त विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ । विस्फोटमा परी दर्जनौं घाइते भएका छन् ।
उद्धार कार्य जारी रहेकोले घाइतेको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ । घटनास्थलबाट १५ वटा एम्बुलेन्समा घाइतेहरुलाई अस्पतालतर्फ पठाइएको छ ।
स्थानीय मिडियाहरुले विस्फोटलाई आत्मघाती आक्रमण भएको उल्लेख गरेका छन् ।
























