काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको पिसिआर परीक्षणमा तिमिल्सिनामा कोरोना पुष्टि भएको हो ।
उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र बालुवाटरस्थित सरकारी निवमासमा होम आइसोलेसनमा रहेको तिमिल्सिनाको सचिवालयले जनाएको छ ।
स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै उहाँ केही दिन आइसोलेशनमै रहने सचिवालयले जनाएको छ ।




















