काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । पीसीआर परीक्षण गर्दा मन्त्री आले संक्रमित भएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
सोमबार बिहान एन्टिजेन्ट परीक्षण गर्दा उहाँलाई कोरोना संक्रमण देखिएको हो । उहाँको स्वास्थ्य अवस्था सामान्य छ । उहाँ आफ्नै निबासमा आइसोलेसनमा रहनुभएको सचिवालयले जनाएको छ । मन्त्री आले पछिल्लो पटक विभिन्न कार्यक्रममा सहभागी हुँदै आउनुभएको थियो ।




















