Margadarsan


  • माघ २ र १४ गतेदेखि कोरोनाको बुस्टर डोज लगाउने निर्णय

    मार्गदर्शन ३० पुष २०७८, शुक्रबार

    काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ । यसअघि  कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो ।

    स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो । त्यसका लागि माघ २ र १४ गते तोकिएको छ ।

    माघको सुरुमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरुलाई  बुस्टर डोज दिन निर्णय भएको बस्नेतले जानकारी दिइन् ।

    पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइनेछ ।

    फेसबुक प्रतिक्रिया