दमौली । तनहुँका छुट्टाछुट्टै स्थानमा एक शिशुसहित दुईजना मृत अवस्थामा फेला परेका छन् ।
मंगलबार व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । स्थानीयवासीको रोहवरमा मुचुल्का उठाई शिशुको शव दमौली ल्याइएको उनले बताए । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
त्यस्तै आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको पहिचान हुन सकेको छैन ।