काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ६७२ र एन्टिजेन विधिबाट ३ हजार ५०६ जनामा परीक्षण गर्दा २३६ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २३ हजार ९८० र एन्टिजेनबाट ९५ हजार ७७० जना पुगेको छ ।
त्यस्तै, आज थप ३०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ६ हजार ५४४ जना पुगेको छ । निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५५३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८८३ रहेको मन्त्रालयले जनाएको छ ।




















