चितवन । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले घमन्डी र अहंकारी नेता नहुने बताउनुभएको छ ।
एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी हुनुभएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताउनुभयो । उहाँले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गर्नुभएको छ ।
‘जनताको सेवक अत्यन्तै शालीन हुनुपर्छ’, उहाँले भन्नुभयो । उहाँले आफ्ना नेता कार्यकर्तालाई अध्ययनशील हुन अनुरोध गर्दै एमालेबाट अरू पार्टीले संस्कार सिक्नुपर्ने बताउनुभयो ।
यसका साथै आगामी दिनमा पार्टीलाई थप सशक्त बनाएर लैजाने ओलीले बताउनुभएको छ ।
























