चितवन । नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ । बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेले निर्विरोध निर्वाचित हुनुभएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुनुभएको हो ।
निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।
























