चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ । चितवनको होटल सेभेन स्टारमा निर्धारित समायभन्दा पाँच घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो ।
बन्द सत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गर्नुभएको छ ।
केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्द सत्र लम्बिएको एमाले नेताहरूले बताएका छन् । बन्द सत्रलाई विदेशबाट बोलाइएका अथितिहरुले सम्बोधन गर्नेछन् भने विभिन्न देशका नेताहरूबाट आएका शुभकामना सन्देश पढेर सुनाइने कार्यक्रम छ । बन्द सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएपछि बन्द सत्रको हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।
























