चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशनलाई भव्यतापूर्वक सफल पार्न पूर्व तयारीलाई तीव्र बनाएको छ । सोही अनुसार पूर्व तयारीका काम चितवनमा तीब्ररुपले अघि बढाइएको छ ।
महाधिवेशन सफल पार्न जिल्लामा गठन गरिएका कमिटीहरुले आफ्ना कामहरु तीव्र रुपमा अगाडि बढाइरहेका छन् ।
महाधिवेशनलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न चितवनमा जनपरिचालन, आर्थिक प्रबन्ध, प्रचार, कार्यालय समन्वय, अनुगमन, यातायात प्रबन्धलगायतका कमिटीहरु निर्माण गरी काम अगाडि बढाइएको छ ।
जनपरिचालन कमिटीको संयोजकमा देवी ज्ञवाली, आर्थिक प्रबन्ध कमिटीको संयोजकमा जगन्नाथ थपलिया, प्रचार कमिटीको संयोजकमा विजय सुवेदी, कार्यालय समन्वय कमिटीको संयोजकमा कपिल पोखरेल, अनुगमन कमिटीको संयोजकमा काशिनाथ अधिकारी र यातायात प्रबन्ध कमिटीको संयोजकमा कृष्ण भुर्तेल रहनुभएको छ ।
प्रचार सहयोग कमिटी चितवनले स्वागतद्वार निर्माण, कार्यालय व्यवस्थापन, सूचना सम्प्रेषण, प्रचारका सामग्रीहरुको वितरण तथा व्यवस्थानको काम भइरहेको सचिव तिलकराम रिमालले ‘नवय’ग‘सँग बताउनुभयो । जिल्लामा १६ वटा स्वागतद्वार निर्माणको काम सुरु भइसकेको रिमालले बताउन’भयो । जिल्लाका प्रम’ख राजमार्ग र सहायक राजमार्गमा गरी ३५ वटा स्थानमा स्वागतद्वार निर्माण गरिने बताउनुभयो । समितिले प्रचार सामग्री पालिका र वडा तहसम्म पु¥याउने काम गरिरहेको माइकिङ्गको समेत तयारी भइरहेको रिमालले बताउनुभयो ।
आर्थिक प्रबन्ध कमिटीका संयोजक जगन्नाथ (जेएन) थपलियाले आर्थिक प्रबन्ध कमिटीलाई पूर्णता दिएर व्यवस्थित ढंगले योजना बनाउँदै अगाडि बढेको जानकारी गराउनुभयो । थपलियाका अनुसार पार्टी पङ्क्तिभित्र र पार्टीका शुभेच्छुकहरुसँग आर्थिक संकलन गर्ने गरी काम भइरहेको छ ।
कार्यालय समन्वय कमिटीका संयोजक एवं नेकपा एमालेका केन्द्रीय सदस्य कपिल पोखरेलले कमिटीलाई आजै पूर्णता दिइने बताउनुभयो ।
पोखरेलका अनुसार महाधिवेशन प्रतिनिधिहरुलाई बेलुकाको खाना बस्ने होटलमै र बिहानको खाना बन्दशत्र स्थल होटल सेभन स्टार सौराहा हुँदैछ । मंसिर ११ गते बेलुकाको खाना पार्टी अध्यक्ष केपी शर्मा ओलीले आयोजना गर्नुभएको आंयोजक पोखरेलले बताउन’भयो । प्रतिनिधिहरुलाई पार्टी अध्यक्ष ओलीको तर्फबाट सेभेन स्टारमै रात्रिभोजको आयोजना गरिने तालिका छ ।
जनपरिचालन कमिटीका संयोजक देवी ज्ञवालीले महाधिवेशनमा व्यापक जनसहभागिता जुटाउने कामलाई तीव्रता दिइएको बताउनुभयो । महाविधेशनमा जिल्लाबाट सकेसम्म धेरै जनता उतार्नेगरी पालिका र वडाहरुमा समन्वय गरिरहेको ज्ञवालीले बताउनुभयो ।
चितवनमा आउने सवारीसाधनलाई विभिन्न स्थानमा व्यवस्थापन गर्नका लागि केन्द्रीय बसपार्क, वागेश्वरी क्षेत्र, वीरेन्द्र क्याम्पसको नौ बिघा चौर, नेपाल ट्रष्टको कार्यालय बेलचोक, आँपटारीदेखि गोन्द्राङसम्मका विभिन्न स्थानमा सवारीसाधन पार्किङ गर्नेगरी काम भइरहेको भ’र्तेलले बताउनुभयो ।
महाधिवेशन उद्घाटनशत्रमा सहभागी हुनका लागि चितवनबाट मात्रै ६ सय बढी सार्वजनिक सवारीसाधन प्रयोग गरिने यातायात प्रबन्ध कमिटीका संयोजक कृष्ण भुर्तेलले बताउनुभयो । महाविधेशन उद्घाटनका दिन मुख्य राजमार्गमा सवारीको चाप बढी हुने भएकाले यातायात व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग निरन्तर समन्वय भइरहेको भुर्तेलले बताउनुभयो ।
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ । महाधिवेशनको उद्घाटनशत्र नारायणगढको नारायणी नदी किनारमा हुनेछ । बन्दशत्र पर्यटकीय नगरी सौराहाको होटल सेभेन स्टारको हलमा गर्ने गरी व्यवस्थापन गरिएको छ ।
























