हेटौंडा । मकवानपुरमा बसले देउसीभैलो समूहलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।
शनिबार राति हेटौंडाबाट भरतपुर जाँदै गरेको बागमती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको बसले नेवारपानीमा देउसीभैलो खेलिरहेकालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार बसको ठक्करबाट हेटौंडा उपमहानगरपालिका १५ का सुजन विष्ट र चितवनका प्रेम सिंहको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।
घाइतेमध्ये सातजना उपचारपछि घर फर्केका छन् । एकजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
























