काठमाडौं । अमेरिकाको टेक्सासमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु भएको छ । घटनामा ३ सय जनाभन्दा बढी घाइते भएका छन् ।
टेक्सासको एक संगीत महोत्सवमा भागदौड हुँदा सो घटना घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । टेक्सासको हस्टन शहरमा गए राति भएको संगीत महोत्सवमा केही व्यक्ति स्टेजतर्फ अगाडि बढ्न खोज्दा भागदौड मच्चिएको जनाइएको छ ।
भागदौडका क्रममा ११ जनालाई हृदयघात भएर अस्पताल लगिएको र उनीहरुमध्ये ८ जनाको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । कार्यक्रम हेर्न करिब ५० हजार जना दर्शक उपस्थित रहेको अनुमान छ ।

























