काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् तीन महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ४८ प्रतिशतले बढाउन सफल भएको छ ।
बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा ९२ करोड ३७ लाख रुपैयाँ कमाएको उल्लेख छ । बैंकको खुद ब्याज आम्दानी एक अर्ब ६३ करोडबाट एक अर्ब २७ करोड रुपैयाँमा सीमित छ। बैंकको असोज मसान्तसम्ममा अघिल्लो वर्ष नाफा एक अर्ब ६३ करोड थियो । ब्याज आम्दानी घटे पनि अरु सूचकमा भएको सुधारले बैंकले नाफा कमाउन सकेको देखिन्छ ।
बैंकले यो अवधिमा दुई प्रतिशतले ऋण वृद्धि गरेको छ। बैंकले पहिलो त्रैमासमा एक खर्ब ६० अर्ब कर्जा लगानी गरेको छ । स्प्रेड दर चार दशमलव १४ बाट दुई दशमलव ५९ प्रतिशतमा झरेको छ ।