काठमाडौं । अनलाइन बजारमा ख्याति कमाएको दराजले अहिलेसम्मकै सबैभन्दा ठूलो अनलाइन सपिङ फेस्टिबल ११.११ फेरि सुरु गरेको छ ।
११ लाख उत्पादनमा पाँच करोडको छुटसहित दराजले ११.११ को चौथो संस्करण यही कात्तिकदेखि सुरु हुने घोषणा गरेको छ । दशैँ धमाका अभियानको सफलतालगायत दराजले निर्वाधरूपमा आफ्नो ध्यान वर्षकै सबैभन्दा ठूलो अभियानको घोषणा गरेको जनाएको छ ।
दराजले डेलिभरी पार्टनरहरूसँग मिलेर एक हजार चार सयभन्दा बढी नयाँ कर्मचारी, कस्टमर केयर एजेन्ट र एक डेलिभरी हिरोज भर्ती गरेर आफ्नो परिचालन क्षमता बढाएको जनाइएको छ ।
दराजको लजिस्टिक तयारीबारे दराज नेपालका प्रमुख परिचालन अधिकृत विमल अर्यालले भन्नुभयो, ‘वर्षभरि हामीले हाम्रा सबै ग्राहक र बिक्रेताको लजिस्टिक अनुभव कसरी बढाउन सक्छौं भन्ने कुरामा ध्यान केन्द्रित गर्दै आएका थियौं । हामीले विस्तार, स्वचालन, निरन्तर प्रक्रिया अनुकूलन र सिकाइ र विकासजस्ता लजिस्टिक सञ्चालनका मुख्य पक्षलाई प्राथमिकता दियौं र अब हामी वर्षको सबैभन्दा ठूलो बिक्री अभियानका लागि पूर्णरूपमा तयार छौं ।’
यस वर्षको ११.११ मा ११ लाखभन्दा बढी उत्पादन प्रस्तुत गर्न र देशभरका ४७ भन्दा बढी शहरमा सहज र छिटो डेलिभरी सुनिश्चित गर्न एक हजारभन्दा बढी डेलिभरी सवारीसाधन थप गर्नुका साथै सात लजिस्टिक पार्टनरसँग साझेदारी गरी सपिङ क्षमता पनि बढाइएको कम्पनीले जनाएको छ ।