काठमाडौं । नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढि अवधीको कार्यअनुभव संगाल्नुभएकी बिजया स्वार एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त हुनुभएको छ ।
बैंकको सञ्चालक समितिको बुधबार बसेको बैंठकले सोही दिनदेखि लागू हुने गरी उहाँलाई उक्त पदमा नियुक्ती गरेको बैंकले जनाएको छ । नवनियुक्त सञ्चालक स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिनुभएको बताइएको छ ।
फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गर्नुभएकी वहाँ कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा सुरु गर्नुभई सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश हुनुभएको थियो । बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त हुनुभएको अवसरमा बिजया स्वारलाई वहाँको सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गरेको छ ।