हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेलगायत मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त मुख्यमन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
यस्तै कृष्णप्रसाद खनालले आन्तरिक मामिला, कृष्णलाल भँडेलले भौतिक पूर्वाधार र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रीको सपथ लिनुभएको छ । उहाँहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिनुभएको हो ।
अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो । मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/१ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।
























