झापा । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली तीनदिने झापा भ्रमणमा हुनुहुन्छ । आइतबार बिहान झापा पुग्नुभएका उहाँ पारिवारिक भेटघाटपछि पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनुभएको छ ।
सो क्रममा उहाँले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्नुपर्नेमा जोड दिनुभएको छ ।
‘जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गरौँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विभिन्न पार्टीमा सक्रिय रहेका नेता कार्यकर्ताहरूलाई एमाले प्रवेश गराइएको छ ।
युवा व्यवसायी दुर्गा प्रसाईं तीन हजार माओवादी कार्यकर्तासहित एमाले प्रवेश गरेका हुन । प्रसाई नेकपामा विवाद उत्पन्न भएपछि प्रचण्डप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीसँग नजिक हुनु भएको थियो । विधान महाधिवेशनमा सहभागी भएपनि प्रसाई औपचारिक रुपमा भने आज एमालेमा प्रवेश गर्नु भउको हो ।
‘जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गरौँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता सहित पाँच हजारभन्दा बढी एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा ओलीको उपस्थितिमा सुवास नेम्वाङ, लेखराज भट्टले टीका लगाएर नवप्रवेशीलाई स्वागत गर्नुभएको छ ।