काठमाडौं । शुक्रबार न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा सो सेयर बाँडफाँट भएको हो ।
कम्पनीले निष्कासन गरेको उक्त आईपीओमा दुई लाख नाै हजार २५० जनाले कम्पनीको सेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ । सो सेयरमा कुल २२ लाख ५५ हजार ८४ जनाले दुई अर्ब ७० करोड ८९ लाख १५ हजार रूपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये १० हजार ४४२ जनाको आवेदन रद्द भएको छ भने तीन हजार ५०४ जनाको सेयर सि-आस्वाले अस्वीकृत गरेको छ। स्वीकृत भएका २२ लाख ४१ हजार १३८ जनामा सो सेयर बाँडफाँट गरिएको हो ।
यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिनेछ । तर, आईपीओ नतिजाका लागि भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।
कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन खुला गरेको थियो । कम्पनीले २२ लाख ५० हजार कित्ता कुल निष्कासनमध्ये दुई प्रतिशत अर्थात ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र पाँच प्रतिशत अर्थात एक लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बनाइएको थियो ।
उक्त कम्पनीको आईपीओमा १९ असोजसम्म आवेदन दिन सकिने व्यवस्था थियो । उक्त आईपीओमा न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन पाइने व्यवस्था थियो ।