एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारीले विश्वमा ८० हजारदेखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरेको छ ।
विश्वभरि १३ करोड ५० लाख स्वास्थ्यकर्मी रहेको अनुमान छ । तर कोरोना महामारीका कारण सन् २०२० को जनवरीदेखि सन् २०२१ को मेसम्म उक्त संख्यामा स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान छ ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले स्वास्थ्यकर्मीलाई कोरोना खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । विश्वका १ सय १९ मुलुकबाट प्राप्त विवरणले विश्वभरि औसतमा पाँचजना स्वास्थ्यकर्मीमध्ये दुईजनाले कोरोना खोप लगाउन पाएको उहाँले उल्लेख गर्नुभयो ।