इस्लामावाद । पाकिस्तानमा एक बाबुले आफ्ना दुई छोरी, चार नातिनातिना र ज्वाइँको हत्या गरेका छन् । मध्य पाकिस्तानको मुजफ्फर जिल्लाका मनजोर हुसेनले छोरीहरु फउजिअ बिबी र खुर्सिद माई बसेको घरमा आगो लगाएर छोरीज्वाइँसहित सातजनाको हत्या गरेका हुन् ।
दुई छोरीमध्ये फाउजियाले १८ महिनाअगाडि बाबुको इच्छा विपरीत प्रेमविवाह गर्नुभएको थियो । ‘प्रेमविवाहको रिसको परिणामस्वरुप सो घटना भएको देखिन्छ,’ घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकारी अब्दुल मजिदले भन्नुभयो ।
सातजनालाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा हुसेन र उहाँका भाइबिरुद्ध प्रहरीमा उजुरी गरिएको छ । आगो लाग्दा आफू घरमा नभएको बिबीका श्रीमानले बताउनुभएको छ । कामबाट फर्किनेक्रममा बिहानै घरमा आगो लागिरहेको उहाँले बताउनुभयो ।
उहाँ घर आउँदै मन्जोर र उहाँका भाइ घरबाट फर्किदै गरेको आफूले देखेको बिबीका श्रीमानले बताउनुभयो । आफ्नो विवाहबारे ससुरा र जेठान असन्तुष्ट रहेको उहाँको भनाइ छ ।