लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्मालाई कोरोना संक्रमण भएको छ ।
बेलायतको लिभरपुल युर्निभरसिटीमा बरिष्ठ प्राध्यापकको रुपमा कार्यरत डा. शर्मालाई बिहीबार कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना भाइरसबिरुद्धको दुई डोज खोप लिएका शर्मालाई टाउको तथा ज्यान दुःख्ने र ज्वरो लक्षण देखिएका छन् । उहाँको अन्यः स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ ।
डा. शर्मा गैरआवासीय नेपाली संघभित्र रातदिन खटिएर संस्थाका लागि काम गर्ने मुख्य पदाधिकारीका रुपमा परिचित हुनुहुन्छ ।
उहाँले संघको १० औं महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । बेलायतमा अहिले पनि दैनिक ४० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।