Margadarsan


  • सुरुदेखि नै जनविरोधी गतिविधिमा लागेको यो सरकारबाट कुनै आश छैन : प्रदीप ज्ञवाली

    भूमि आयोग खारेजदेखि न्यायाधीशलाई मन्त्री उपहार र मोतीपुर गोलीकाण्डसम्म सरकारको सय दिन देखियो

    मार्गदर्शन २६ आश्विन २०७८, मंगलवार

    काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान देउवा सरकारबाट कुनै आश नरहेको बताउनुभएको छ ।

    सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेपाली कांग्रेसका नेता एवं हालका रक्षामन्त्री मीनेन्द्र रिजालले सरकार कसरी चलाउनुपर्छ हामी देखाउँछौं भन्ने अभिव्यक्ति स्मरण गर्दै ज्ञवालीले वर्तमान सरकार सुरुदेखि नै जनविरोधी गतिविधिमा लागेको उल्लेख गर्नुभयो ।

    ज्ञवालीले मीनेन्द्रलाई यस्तैगरी चलाउने भनेको हो भनी प्रश्न पनि गर्नुभएको छ ।

    ‘भूमि आयोग खारेजी, जयसिंह धामी बेपत्ता, १४ सय सड़क आयोजना रद्ध, कालोधन सेतो पार्ने प्रपन्च, न्यायाधीशलाई मन्त्री उपहार, अनि मोतीपुर गोली काण्ड । सय दिनमै यति देखिसकेपछि बाँकी के नै रह्यो र ?’ उहाँले सामाजिक सञ्जालमा प्रश्न गर्नुभएको छ ।

    फेसबुक प्रतिक्रिया