आज ६ अक्टोवर । आज विश्वमा विभिन्न राजनीतिक तथा सामाजिक घटनाक्रम बिकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः
संसारको परिक्रमा गर्ने वेलायती
सन् २००७ मा वेलायतका ज्यासन लिवीसले विश्वको परिक्रमा पूरा गरेका थिए । एक्सपिडिसन ३६० नाम दिइएको सो यात्रा उनले १२ जुलाई १९९४ मा लन्डनको ग्रीनविचबाट सुरु गरेका थिए । ४६ हजार माईल दूरी एक्सिपिडिसन पूरा गर्न उनलाई चार हजार आठ सय ३३ दिन लागेको थियो । यात्राका लागि उनले रोलर ब्लेड, साइकल र डुंगा प्रयोग गरेका थिए ।
सूर्यजस्तै तारा फेला
सन् १९९५ मा स्वीटजरल्यान्डका अन्तरिक्ष यात्री डिडिर क्युलोज र माइकल मेयरले सूर्यजस्तै तारा ५१ पेगासी बी पत्ता लगाएका थिए ।
इजिप्टका राष्ट्रपतिको हत्या
सन् १९८१ मा इजिप्टका तेस्रो राष्ट्रपति सदातलाई तकफिर वाल हजिरा नामको अतिवादी समूहका सदस्यले हत्या गरेका थिए । सन् १९७८ मा भएको क्याम्प डेभिड सम्झौतापछि इजिप्टमा शान्ति कायम गर्न सदतको प्रयासबाट आत्तिएका लडाकुले उनको हत्या गरेका थिए ।
थाइल्यान्डमा कु
सन् १९७६ मा त्यहाँको सेनाले सेनी प्रमोजले नेतृत्व गरेको नागरिक सरकार अपदस्थ गरेका थिए ।
बोसनिया एन्ड हर्जगोभिना कब्जामा
सन् १९०८ मा अस्ट्रियाली मूलका हंगेरीका सम्राट फ्रान्ज जोसेफले बोसनिया एन्ड हर्जगोभिना कब्जामा लिएको घोषणा गरेका थिए । नियन्त्रणमा लिएसँगै युरोपको बाल्कन क्षेत्रमा तनाब बढेको थियो ।

























