काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा ८३५ जना र २,८१८ एन्टिजेन परीक्षणमा २३१ जना गरी १०६६ जना संक्रमित थपिएका हुन् ।
२ आश्विन २०७८, शनिबार

मन्त्रालयका अनुसार १,२३४ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।
शनिबार सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ । जसमध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा र १४४६ जना संस्थागत आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २४३, झापामा ९६, ललितपुरमा ६६, कास्कीमा ५७, काभ्रेमा ५१, रुपन्देहीमा ४१, कैलालीमा २९, नुवाकोटमा २७, सुनसरीमा २६, भक्तपुरमा १३, नवलपरासी पूर्व र मोरङमा ११/११ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएकाे छ ।