काठमाडौँ । आज असोज १ गते नेपाली बजारमा सुनचाँदी दुवै मूल्यमा तीव्र गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार महिनाको पहिलो कारोबारको दिन समेत रहेको शुक्रबार सुनको मूल्यमा अधिकतम एक हजार ४०० रुपैयाँले गिरावट आउँदै ८९ हजार १०० रुपैयाँ कायम भएको हो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा १४ सय रुपैयाँले नै सस्तिँदै ८८ हजार ६५० रुपैयाँ कायम भएको छ ।
यस्तै, यता चाँदीको मूल्य समेत आज तोलामा ३० रुपैयाँले सस्तिँदै एक हजार १७० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। जबकी गत बिहीबार बजारमा सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।