काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन र चाँदीकै भाउ स्थिर बनेको हो । महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ कायम भएको जानकारी दिएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । हिजो सोमबार छापावाल र तेजाबी सुनको मूल्य यही थियो ।
यसैगरी, आज चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ। हिजो मंगलबार चाँदीको कारोबार पनि यही मूल्यमा भएको थियो ।