काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुने टिप्पणी गर्नुभयो । नेपाली जनताका प्रतिनिधिहरु अब छिट्टै नै बस्ने संसदमा नेपाल सरकार र एमसीसी सम्झौता के गर्छौ भनेर हेरिरहेको उहाँले बताउनुभयो ।
उपाध्यक्ष रावलले नेपालले १३ अर्ब लगानी गर्ने भनिएको उल्लेख गर्दै उक्त कार्यक्रम लागु भएन भने नेपालले लगानी गर्ने रकम फिर्ता हुन्छ कि हुँदैन भन्ने सम्झौतामा केही नलेखिएको पनि जिकिर गर्नुभयो ।
भारत, चीनलगायतका देशसँगपनि नेपालले विभिन्न सम्झौता गरेको भन्दै ती सम्झौताहरु संसद्मा नपठाईएको रावलको भनाई छ । उहाँले दार्चुला महाकारी घटनादेखि नेपाल–भारत सीमा समस्या रहेका बेला सरकारले चीनसंगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको भन्दै आपत्ती जनाउनुभयो ।
रावलले नेकपा (एमाले) को पार्टी एकताको लागि आफूहरुले गम्भीर पहल गरेको पनि स्मरण गराउनुभयो । उहाँले एमालेलाई बलियो बनाउन १० बुँदे सहमतिको सफल कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।
https://youtu.be/MkOqiN2fel4