काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । बिहीबार प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोलामा ९१ हजार १ सयमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदी प्रतितोला एक हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।