पोखरा । अमरसिंह चोकबाट दक्षिणमा पर्ने वीरेन्द्र चोकमा राजा वीरेन्द्रको शालिक पुननिर्माणको तयारी तीव्र रुपमा भइरहेको छ । त्यहाँ रहेको शालिक झण्डै १७ वर्षअघि माओवादीले भत्काइएपछि हाल त्यसको पुनर्निर्माणका लागि स्थानीय वासिन्दाहरु सक्रिय भएका छन् ।
शालिक पुनर्निर्माणका लागि लागि सुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा निर्माण समिति गठन गरिएको छ । समितिका उपाध्यक्षमा चन्द्रप्रसाद गुरुङ, सचिवमा ईश्वरी प्रसाद पौडेल, कोषाध्यक्षमा सु.मे. प्रेमचन्द्र गुरुङ रहनु भएको छ ।
त्यस्तै समितिका सदस्यहरुमा क्या. थमनबहादुर थापामगर, एकबहादुर केसी, कृष्ण प्रसाद कोइराला, जयन्द्र राजभण्डारी, सोमबहादुर गुरुङ, ध्रुबराज थापा, डिलबहादुर बुढाथोकी, निरन्जन रन्जित, खडानन्द मुल्मी, मिलन केसी, इन्दिरा शाही र बलराम हमाल ठकुरी रहनुभएको छ ।
त्यस्तै समितिको वरिष्ठ सल्लाहकारमा मनवीर गुरुङ (ढासा) रहनु भएको र सल्लाहकार युवराज गौतम, रमेश वीरजंग राणा, भगवती राणा थापा रहनु भएको बताइएको छ ।
हालै वरिष्ठ समाजसेवी बलराम हमाल ठकुरीको अध्यक्षतामा बसेको वैठकले यथासक्य चाँडो राजा वीरेन्द्रको शालिक निर्माण गर्ने निर्णय गरेको छ । वैठकमा भोलानाथ ओझा, ईश्वर पौडेल, जलेश्वर आमा समूहकी अध्यक्ष हरिकला गुरुङ, चिजा गुरुङ, पोखरा १४ इकाइ राप्रपाका अध्यक्ष मोहन केसी, सोही इकाइका भरत केसी, कृष्ण घिमिरे, कालिका मन्दिर परिसर महिला समूहका अध्यक्ष मालिका तिम्सिना, माया भण्डारी केसीको उपस्थिति रहेको थियो ।
त्यस्तै श्रीकृष्ण मन्दिर आमा समूहका सल्लाहकार मीना भण्डारी, धनराज गुरुङ, ओमराज दुरा, मन्जु गुरुङ, क्या. टेकबहादुर गुरुङ, सु. वुद्धिबहादुर गुरुङ (अध्यक्ष, लमजुङ समाज), वुद्धिमान गुरुङ, सु.मे. केशबहादुर गुरुङ, मिलन केसी, भुवन राना, सुजन गुरुङ, गोविन्द परियार, गणेश भुजेल, विशाल परियार, रुपा क्षेत्री, भिमराज गुरुङ, शुकबहादुर गुरुङ, शमशेर गुरुङ, भरतकाजी ढुंगाना, रमेश त्रिपाठी, वद्रीबहादुर परियार, निरञ्जन रंजित, विष्णुप्रसाद वाँस्तोला, ज्ञानेन्द्रकुमार घिमिरे, भगवती राणा थापा र कृष्णराज घिमिरेलगायतको उपस्थिति थियो ।