काठमाडौँ । सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार भने सुन तोलामा २०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार २०० रुपैयाँ पुगेको थियो ।
यता चाँदीको भाउ लगातार दोस्रो दिन पनि घटेको छ । महासंघका अनुसार यस दिन चाँदी तोलामा २५ रुपैयाँले घट्दा प्रतितोला एक हजार १८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।