पोखरा । सुपर मादी जलविद्युत् आयोजनामा कार्यरत एकजना कोरोना संक्रमित कामदार झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ ।
आयोजनाकै आइसोलेसनमा रहेका उहाँ सोमबार बिहान शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको अध्यक्ष पुष्पज्योति ढुंगानाले बताउनुभयो ।
‘कन्ट्र्याक्टरको तर्फबाट काम गर्ने कामदार हो उहाँ । कम्पनीकै आइसोलेसनमा अरु साथीहरुसँगै हुनुहुन्थ्यो,’ ढुंगानाले भन्नुभयो, ‘अवस्था ठीकै थियो । खै के भएर हो ?’
हाइड्रोमा करिब २५० जना कामदार कार्यरत छन् । तीमध्ये हाल ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको र आइसोलेसनमा रहेको आयोजना अध्यक्ष ढुंगानाले बताउनुभयो ।