काठमाडौं । श्रमीकको सामाजिक सुरक्षा लागू गर्नुपर्ने माग राख्दै नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स सांस्कृतिक–पुरातात्वीक–कार्गो कुरियर श्रमिक युनियनले बिरोध प्रदर्शन गरेको छ ।
आफुहरुले पटक पटक सुरक्षा ऐन लागू गर्न माग गरेपनि पुरा नभएको भन्दै युनियनले बबरमहलस्थित नागरिक उडड्यन प्राधिकरण अन्तर्गतको सिभिल इन्जिनियरिङ शाखा परिसरमा विरोध प्रदर्शन गरेको हो । त्यस्तै उनीहरुले सिभिल इन्जिजियरिङ महाशाखा र आउट सोर्सिङ कम्पनी मिलेर कमिसन खाएर एउटै ठेकेदारलाई बारम्बार ठेक्का आह्वान गरेको अरोप पनि लगाएका छन् ।
प्रदर्शनमा सहभागीहरुले सामाजिक सुरक्षा लागू गर, ठेकेदारी प्रथा अन्त्य गर लगाएका नारा लगाएका थिए । युनियनका अध्यक्ष सुमन पराजुलीले सरकारले घोषणा गरेको सामाजिक सुरक्षा लागू नगर्नेको बैंक खाता रोक्नुपर्ने र सामाजिक सुरक्षा ऐन लागू गर्न माग गर्दा कुनै सुनुवाई नभएको तथा सामाजिक सुरक्षा लागू नगर्ने आउट सोर्सिङ कम्पनीलाई समेत संरक्षण गरिएपछि आन्दोलित हुनुपरेको बताउनुभयो ।
अहिलको बिरोध सांकेतिक मात्रै भएको भन्दै उहाले यस बिषयमा सोमबार अख्तियारमा उजुरी दर्ता गराउने र नागरिक उड्ययन प्राधिकरणको मुख्य कार्यालय घेराउ गर्ने जानकारी दिनुभयो ।