काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड गरेको छ । कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्काशनमा ल्याएको शेयर शनिवार बाँडफाँड गरेको हो ।
कम्पनीको आईपीओ मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर बाँडफाँड गरिएको छ । त्यस अनुसार ५ लाख ४० हजारजनाले मात्र गोलाप्रथामार्फत् १० कित्ताको दरले शेयर पाएका छन् ।
सानिमाको आइपीओमा २४ लाख १९ हजार ८४८ जनाको आवेदन परेको थियो । त्यसमध्ये २३ लाख ८ हजार १२२ योग्य आवेदन परेको थियो भने एक लाख ११ हजार ७२६ जनाको आवेदन रद्ध भएका छन् । योग्य आवेदकहरुमध्येबाट ५ लाख ४० हजार आवेदकलाई १० कित्ताको दरले शेयर वितरण गरिएको हो । त्यस अनुसार १७ लाख ६८ हजार १२२ जना आवेदकको हात खाली भएको छ ।