Margadarsan


  • नागरिक उड्ययन प्राधिकरणका कर्मचारी आन्दोलित

    मार्गदर्शन २८ श्रावण २०७८, बिहीबार

    काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारीले आन्दोलनलाई जारी राखेका छन् ।
    प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी बिधेयक तयार भएको भन्दै उनीहरुले महानिर्देशक लगायतका कार्यकक्षहरुमा तालाबन्दी गरि आन्दोलन गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा जाने क्रममा रहेको र यसले हवाई सेवालाई महंगो बनाउनुका साथै स्वार्थ समुहको चलखेलले उड्डयन सुरक्षामा नै असर पर्ने उनीहरुको भनाई छ । प्राधिकरण टुंग्याउनका लागि विभिन्न हवाई माफियाहरु र स्वार्थ समुह अनुकुल योजनावद्ध रुपमा कदम चालिएकाले यस विधेयकलाई कुन पनि हालतमा पास गर्न नदिनका लागि आन्दोलन गर्नुपरेको प्राधिकरण कर्मचारी संगठनका कार्यबहाक अध्यक्ष मिनप्रसाद खनालले बताउनुभयो ।
    कर्मचारीको आन्दोलनका कारण प्राधिकरणको दैनिक कामकाजमा असर परेको छ । युरोपियन युनियनले नेपाललगायतका एसियन मुलुकमा व्यापार गर्ने उद्देश्य राखेको र व्यापारीहरुको साँठगाँठमा संस्था निजीकरण गर्ने पाटोमा लगिएको कर्मचारीहरुको आरोप छ ।
    आन्दोलन केका लागि ?

    फेसबुक प्रतिक्रिया