पोखरा । पोखराको अमरसिंह चोक दक्षिण वीरेन्द्र चोकमा राजा वीरेन्द्रको सालिक निर्माण हुने भएको छ। यसका लागि स्थानीय वासिन्दाको सक्रियतामा समिति गठन गरिएको समाजसेवी बलराम हमाल ठकुरीले बताउनु भएको छ ।
८९ बर्षीय मनवीर गुरुङ (ढासा) को संयोजकत्वमा सल्लाहकार समिति र सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा निर्माण मूल समिति गठन गरिएको बताइएको छ । द्वन्द्वकालमा भत्काइएको सो सालिक बनाउन स्थानीय समाजसेवी, आमा समूह, राजनीतिक कार्यकर्ता, युवा विद्यार्थी र उद्योगी/व्यापारी, भूतपूर्व सैनिकहरु लगायतको उत्साह देखिएको गोरखापत्रमा दैनिकका पूर्व प्रधान सम्पादक तथा सल्लाहकार समिति सदस्य युवराज गौतमले मार्गदर्शनन्यूजलाई बताउनु भएको छ ।