काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्रतिवर्ष ८.५० प्रतिशत फिक्स्ड ब्याजदरमा घर कर्जा प्रवाह गर्ने सुनिश्चितता गरेको छ। निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने र २५ वर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाएको छ।
फिक्स्ड दरबाहेकको घर कर्जाको हकमा भने एनएमबि बैंकले प्रतिवर्ष ७.९९ प्रतिशतमै कर्जा प्रदान गर्दै आइरहेको छ।
ग्राहकवर्गहरुले डेरा भाडा तिर्ने पैसाले आफ्नै घर खरिद गर्न सकिने सपना पुरा गर्न यो योजनाले सघाउ पु¥याउने विश्वास लिइएको बैंकले जनाएको छ।
आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको बैंकले थप जानकारीको लागि इमेल वा ०१–५९७१५० मा गर्न सकिने जनाएको छ।
एनएमबि बैंकले हाल देशभरि १ सय ८१ शाखा, १ सय ३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।