काठमाडौँ । पाँचदलीय सत्तागठबन्धन दलको कार्यदल बैठक बालुवाटारमा बसिरहेको छ । गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदलको सो बैठक बसिरहेको ही ।
कार्यदलको सो बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र प्राथमिकतालाई अन्तिम रूप दिनेबारे छलफल भइरहेको बताइएको छ ।
गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रमको खाका बनाइसकेको छ । निर्मित खाकालाई अन्तिम रुप दिन बाँकी रहेकोले छलफल जारी रहेको बताइएको छ ।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको कार्यदलमा कांग्रेस, माओवादी केन्द्र र जसपाका तर्फबाट दुई/दुई जना सदस्य रहेका छन् ।
कार्यदल संयोजक खड्कासहित कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठलगायत नेताहरु हुनुहुन्छ ।