काठमाडौँ । चीनमा पनि कोरोना भाइरसको नयाँ प्रकार डेल्टा भेरियन्ट देखिन थालेको छ । चीनको स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा मात्रै थप ५५ जनामा डेल्टा भेरियन्ट देखिएको हो ।
डेल्टा भेरियन्टका सङ्क्रमितमध्ये ३० जना व्यक्तिमा स्थानीय रूपमा फैलिएको सङ्क्रमण भेटिएको छ भने बाँकी विदेशबाट पुगेका यात्रुमा भेटिएको चाइना डेलीले जनाएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार जिआङ्सुमा १९, हुनानमा ६, चोङकिङमा २ र लियोनिङ, फुजियान र सिचुआनमा एकरएक जनामा सङ्क्रमण पुष्टि भएको हो । चीनको नान्जिङ सहरबाट कोरोना भाइरस अन्त फैलिएको हो ।
गएको जुलाई २० मा नान्जिङ विमानस्थलमा एक जनामा कोरोना भाइरस फेला परेको थियो । त्यसपछि झन्डै दुई सय जना सङ्क्रमित भइसकेका छन् । पछिल्ला दिनहरूमा विश्वका अरु प्रभावित देश जस्तै नयाँ प्रकारको डेल्टा भेरियन्टबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको छ ।

























