काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.९७ अंकले बढेर दुई हजार ९९४.५८ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.०२ बिन्दुले घटेर ५६०.९४ मा पुगेको छ । कूल २१९ कम्पनीको तीन करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको शेयर ओरालो लाग्दा ८ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार उपसमूहको शेयर सोमबार उल्लेख्य बिन्दुले बढेको छ । व्यापार उपसमूह १९६.०२ ले बढ्दा बैंकिङ १०.८४, निर्जीवन बीमा १०१.४४, उत्पादन ४१.२३, अन्य १६.८७, जीवन बीमा ५३.१५, सामूहिक लगानी कोष ०.१ र लगानी १.५९ बिन्दुले बढेको छ । यस्तै, होटल तथा पर्यटन १६.०४, विकास बैंक १८.३, जलविद्युत् १.५४, वित्त २९.७९ र लघुवित्त ४.४२ बिन्दुले घटेको छ ।
सोमबारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ६५ अर्ब ६१ करोड ४७ हजार ५९ रुपैयाँ बराबर पुगेको छ । कारोबारका आधारमा सोमबार एनआईसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३५ करोड ४१ लाख ६६ हजार ४४ बराबरको कारोबार भयो । त्यस्तै नबिल बैंक ३३ करोड १८ लाख १२ हजार ४०९, नेपाल बंगलादेश बैंक ३१ करोड २९ लाख २१ हजार ९००, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर ३० करोड ९६ लाख ८९ हजार २३० कारोबार भई शीर्ष स्थानमा रहेको छ ।
कारोबारका आधारमा सोमबार सिनर्जी पावरको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी ९.२०, नेपाल इन्स्योरेन्स ७.५७, नागरिक लगानी कोष ६.४० र हिमालयन ऊर्जा विकास कम्पनीको लगानीकर्ताले ५.९८ प्रतिशतले कमाए ।
नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ५.८७, सनराइज बैंकको ऋणपत्र ५.०६, गुर्खाज फाइनान्स ३.६०, मञ्जुश्री फाइनान्स ३.२० र एचआईडीसीएलका लगानीकर्ताले ३.०२ प्रतिशतले गुमाए ।