काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गरेसँगै आजबाट एकीकृत कारोबार शुरु भएको छ ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र फाइनान्सका अध्यक्ष बसन्त कुमार चौधरीले कुइना ठोक्कार संयुक्त एकीकृत कारोबार सुभारम्भ गरेका छन् ।
नबिल बैंकका अध्यक्ष पौडेलले सरकार तथा नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताएका छन् ।
‘युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पूँजी १३ अर्ब ८४ करोड पुग्नेछ भने कुल पूँजी कोष ३२ अर्ब ६८ करोड हुने भने नबिल बैंकको शाखा सञ्जाल पनि वृद्धि भइ १३५, एटीएम संख्या १८३ वटा पुग्नेछ।