काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य तोलामा १ सय वृद्धि भएको छ । आइतबार २ सयले बढेको सुन सोमबार स्थिर भएको थियो । मंगलबार ३ सयले बढेको थियो । यस्तै बुधबार ४ सयले बढेको थियो भने बिहीबार १ सयले बढेको थियो ।
गत हप्ता आइतबार २ सयले बढेको सुन सोमबार स्थिर थियो । मंगलबार तोलामा एक सयले घटेको थियो । बुधबार ६ सयले घटेको थियो भने बिहीबार ८ सयले बढेको थियो । शुक्रबार ५ सयले बढेको थियो । आज छापावाला सुनको प्रतितोला ९२ हजार ४ सय मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ९ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी चाँदीको मूल्य भने आज ५ रुपैयाँ घटेको छ । चाँदी आज एक हजार ३०५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।