काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भयो भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्यमा २० रुपैयाँले वृद्धि आएसँगै प्रतितोला १ हजार ३१० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।