तनहुँ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बाढीले बगाएको छ ।
बुद्ध सिंह मार्ग अन्तर्गत छाला कारखाना नजिक रहेको पक्की पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । छाब्दी खोलामा बुधबार राति आएको बाढीले पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदिलगायत स्थानका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।
पुल बगाएपछि बुद्ध सिंह मार्ग र केशवटार मार्गमा चल्ने गाडीहरु सञ्चालनमा रोक लगाइएको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको डुम्रेलगायतका स्थानमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।