काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा अझ केही खुकुलो बनाएर एक हप्ता थपिएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना संक्रमण रोक्न लगाइएको निषेधाज्ञा खुकुलो पारेका हुन ।
प्रमुख जिल्ला अधिकारीहरुको वैठकले गरेको निर्णय अनुसार भोलिदेखि २५ भन्दा धेरै सिटयुक्त सार्वजनिक यातायातका साधन जोरविजोरमा चल्न पाउने भएका छन् ।
सार्वजनिक सवारीसाधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ। आदेशअनुसार माइक्रो बस भने चल्न नपाउने भएका छन्।
सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालन गर्दै भौतिक दूरी कायम हुने गरी सञ्चालन गर्न सक्ने भएका हुन्।
सार्वजनिक यातायात सञ्चालन गर्दा चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवर्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने शर्त राखेको छ।
भने खाद्यान्न पसल दिनभरी नै खोल्न पाइने भएको छ । अन्य पसलहरु भने ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाइने भएको छ।
वैशाख १६ निषेधाका शुरु भएदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको छैन ।
निजी सवारीसाधन भने अघिल्लो हप्तादेखि जोररविजोर प्रणालीमा चलाउन दिइएको थियो।

























