काठमाडौं । बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबि बैंकले अहिले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ । जुन बाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्याज भएको दावी बैंकको छ ।
बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ ।
‘स–साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस् भन्ने उद्देश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा सबैभन्दा बढी ब्याज प्रदान गरिरहेको बैंकले जनाएको छ । त्यस्तै बैंकले अनलाइनबाटै खाता खोज्न सकिने पनि जनाएको छ ।