काठमाडौं । काठमाडौं उपत्यकाका जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको अवधि जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरेको छ भने तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइएको छ ।
यसैगरी सवारी साधन मर्मतका लागि वर्कशपहरु राति ९ बजेदेखि विहान ९ बजेसम्म स्वास्थ्यका मापदण्ड अपनाएर खोल्न पाइने भएको छ ।
निजी तथा सार्वजनिक निर्माणको काम पनि चलाउन दिने तर काम गर्दा काम गर्ने मानिस भित्रै बस्नुपर्ने छ । त्यस्तै निर्माण सामग्री बोकेका सवारी साधान रातको समयमा गुड्न दिने भएको छ ।
वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राती १२ पछि सकिँदैछ ।
यस्तो छ निर्णय :





























